पेटमा सिसाको बोतल भेटिएका नुर्सादको स्वास्थ्यमा सुधार, आइसियूबाट वार्डमा सारिदै

232
Shares

काठमाडौँ, २६ फागुन । पेटमा सिसाको बोतल भेटिएका नुर्साद मन्सुरीको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालका ल्याप्रोस्कोपिक तथा जीआई सर्जन विभागका प्रमुख कन्सल्टेन्ट डा नारायणप्रसाद बेलबासेले उनी सामान्य हिँडडुल गर्न थालेको बताए।

गत सोमबार विहान करीव २ बजे तिर पुरानो मेडिकल कलेज छिरेका रौतहटको गुजरा नगरपालिका–९ का २६ वर्षीय नुर्साद मन्सुरीको डा नारायण बेलबासे नेतृत्वको टोलीले विहानै पेटको शल्यक्रिया गरी बोतल निकालेको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *