बच्चालाई कामज्वरो आए के गर्ने, के नगर्ने ?
जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कहिलेकाहीँ कामज्वरो आउने गर्दछ । त्यस्तो वेला अभिभावकहरू आत्तिने गरेको पाइन्छ ।
अभिभावक आत्तिदा बच्चामा झनै समस्या हुने गरेको पाइएकाले नआत्तिकन बच्चालाई सुरक्षितसाथ राख्न डाक्टर विश्वबन्धु बगालेले यस्तो सुझाब दिएका छन् :
काम ज्वरोका लक्षण :
- आँखा माथि फर्काउने ।
 - हातगोडा सबै कम्पन हुने ।
 - जिउ नै अररो हुने ।
 - मुखबाट फिँज निकाल्ने ।
 - दिसापिसाब छोड्ने ।
 
यस्तो हुँदा के गर्ने ?
- बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।
 - जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।
 - ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।
 
के नगर्ने ?
- आत्तिनु हुँदैन, आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।
 - बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।
 - बच्चाको मुखमा केही नघुसार्ने । औँला घुसार्दा औँला टोकिने सम्भावना हुन्छ अनि अरू केही चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।
 
भविष्यमा हुन नदिन के गर्ने ?
- यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन सम्भव छैन ।
 - त्यही भएर ज्वरो आएर यस्तो लक्षण देखिएमा बढी सजगता अपनाउनु नै यसको रोकथाम हो ।
 - घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने ।
 - ज्वरो आएमा तत्काल पारासिटामोल दिइहाल्ने ।
 - बच्चालाई गुम्स्याएर नराख्ने ।
 - ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।
 
 समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । 
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





