स्वास्थ्य मन्त्रालयका सहसचिव मदन भुजेलको सरुवा

काठमाडौँ, १६ फागुन । स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका प्रमुख रहेका सहसचिव मदन भुजेलको सरुवा भएको छ । गत ११ फागुनको मन्त्रिपरिषद बैठकले ६१ जना सहसचिव तहका कर्मचारीको सरुवा गर्दा भुजेल पनि परेका हुन् ।
उनलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा गरिएको उल्लेख छ ।
भुजेलको सरुवा भएसगै स्वास्थ्यमा नयाँ सहसचिव तुलसीनाथ गौतम आएका छन् । उनी उनी यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत थिए ।
स्वास्थ्यमा उनले सम्भवत भुजेलले हेर्दै आएको कर्मचारी प्रशासन महाशाखा हेर्नेछन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




