स्वास्थ्यमन्त्री गिरीले भेटे स्वीजरल्याण्डका राष्ट्रपति
काठमाडौँ, १२ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वीजरल्याण्डका राष्ट्रपति अलैन बर्सेटसँग भेटवार्ता गरेका छन् ।
बिरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीजरल्याण्ड पुगेका मन्त्री गिरीले शुक्रबार त्यहाँका राष्ट्रपति बर्सेटसँग भेटवार्ता गरेका हुन् ।
कार्यक्रमस्थलमा भएको भेटवार्तामा मन्त्री गिरीले बिरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
त्यसैगरी, भेटका क्रममा मन्त्री गिरीले दुई देशबीच बिरामीको सुरक्षाका विषयमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको मन्त्री गिरीको सचिवालयले जानाएको छ ।