कम्बोडियामा धूमपानका प्रयोगकर्ता घटे

नोम पेन । सुर्तीजन्य पदार्थबारे गरिएको राष्ट्रिय सर्भेक्षणले कम्बोडियामा धूमपान गर्नेहरुको संख्या घट्दै गएको निष्कर्स निकालेको छ ।

कम्बोडियाको ‘नेशनल एडल्ट टोबाको सर्भे (२०२१)ले सन् २०१४ को तुलनामा सन् २०२१ मा धूमपान सेवन दरमा ३.५६ प्रतिशतले कमी आएको छ । सर्भेक्षणका अनुसार कम्बोडियामा सन् २०१४ मा बयस्क धूमपान सेवनकर्ता १६.६ प्रतिशत थिए तर २०२१ मा सो संख्या घटेर १३.०४ प्रतिशतमा झरेको छ ।

सर्भेक्षणले धूमपान सेवनकर्ताहरुमा पुरुषमा अझ बढी दरले घटेको देखाएको छ । सन् २०१४ मा ३२.२ प्रतिशत बयस्कहरुले धूमपान प्रयोग गर्दथे तर सन् २०२१ मा आइपुग्दा सो सुेवन दर घटेर २५.३७ प्रतिशतमा झरेको छ ।

यस्तै महिला सेवन कर्ताको हिस्सामा समेत कमि आएको छ । सन् २०१४ मा २.४ प्रतिशतले बयस्क महिलाहरुले चुरोट सेवन गर्दथें भने सन् २०२१ मा आइपुग्दा सेवनकर्ता २.०५ प्रतिशतमा झरेको छ ।

सर्भेक्षणले धूमपान तथा सुर्तीजन्य पदार्थ प्रति कम्बोडियाका जनताको मनोभावना समेतमा परिवर्तन आएको उल्लेख गरेको छ ।

सर्भेक्षणमा सहभागीमध्ये ९५ प्रतिशतले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दरमा बृद्धि गर्नु पर्ने बताएका छन् । यस्तै ९५.७५ प्रतिशतले सुर्तीजन्य पदार्थको मूल्य बढाउन पर्ने बताएका छन् ।

सर्भेक्षणले सन् २०१४ र सन् २०२१ को तथ्यांकको तुलना गर्दै घर र कार्यस्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थको जोखिममा पर्ने व्यक्तिहरुको प्रतिशतमा समेत उल्लेख्य रुपमा कमि आएको बताएको छ ।

सन् २०१४ र सन् २०२१ मा घर भित्र धूमपानको जोखिममा पर्ने मानिसको प्रतिशत ६५.६ प्रतिशतबाट घटेर २७.३६ प्रतिशतमा झरेको र कार्यस्थलमा हुने जोखिम ४८ प्रतिशतबाट घटेर २४.६ प्रतिशतमा झरेको देखाएको छ ।

तर, सार्वजनिक यातायातमा धूमपान तथा सुर्तीजन्य पदार्थको जोखिम भने बढी भएको पाइएको छ । सन् २०१४ मा ३३.६ प्रतिशतबाट बाट बढेर सन् २०२१ मा ६२.०३ प्रतिशत पुगेको उल्लेख छ ।

त्यसो त कम्बोडियाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोग र त्यसले निम्त्याउने अकाल मृत्युलाई जनस्वास्थ्यको मुख्य चुनौती भन्दै यसको सामना गरिरहेको बताएको छ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले रोकथाम गर्न सकिने मृृत्युहरुको प्रमुख कारणमा सुर्तीजन्य पदार्थको प्रयोग हो भनेको छ ।

कम्बोडियामा हरेक वर्ष १६ हजार बढीले सुर्तीजन्य पदार्थको सेवनबाट ज्यान गुमाउने गरेका छन् । यसबाट लाग्ने रोकपछि उपचार तथा हेरचाहमा मात्रै २२७ मिलियन डलर बढी खर्च हुने गरको छ ।

कम्बोडियाको स्वास्थ्य मन्त्रालय अन्तरगर्तको राष्ट्रिय स्वास्थ्य प्रवद्र्धन केन्द्रका निर्देशक डा छोर्दापिया चेयाले यस खालको सर्वेक्षणको नतिजाले कम्बोडियालाई सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्य सही दिशामा अघि बढेको बताए । उनले यसको प्रयोगदरलाई घटाउन थप नयाँ प्रयास समेत आवश्यक रहेको उल्लेख गरे ।

कम्बोडियामा सुर्तीजन्य पदार्थको प्याकेटमा ५० प्रतिशत हिस्सा चेतावनीमलुक घातक रंगिन चित्रले छोपिनुपर्ने व्यवस्था छ । यस्तै प्याकेटको ५ प्रतिशत भागमा अक्षरले सन्देश लेखिएको हुन्छ ।

द युनियनका एशिया प्यासिफिक क्षेत्रका निर्देशक डा तारासिंह बमले सुर्ती नियन्त्रण सम्वन्धमा गरिएको प्रयासको नतिजा सकारात्मक रुपमा देखा परेको भन्दै कानून र सरकारी प्रयास सफलउन्मुख भएको बताए ।

उनले सरकार तथा अन्य साझेदार संस्थाहरुले गरेको सुर्ती नियन्त्रण प्रर्वद्धन गर्न र सुर्तीजन्य पदार्थको प्रयोृगलाई अन्त्य गर्न द युनियन साझेदारी निर्माण गर्न प्रतिवद्ध रहेको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *