चौबिस घण्टामा भेटिएनन् कोरोना संक्रमित
काठमाडौँ, ९ फागुन । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । सोही अवधीमा भने थप ३ जना निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप २४४ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको हो।
त्यस्तै, देशभर १२ जना सक्रिय संक्रमित रहेका छन् । चौबिस घण्टामा थप ४ हजार ६१० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।