चौबिस घण्टामा थपिए ३ जना कोरोना संक्रमित
काठमाडौँ, ६ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप जम्मा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ९३७ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर १७ जना सक्रिय संक्रमित रहेका छन् ।