वीर अस्पतालको निर्देशकमा डा. सन्तोष पौडेल नियुक्त

 

काठमाडौँ, ५ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको निर्देशक पदमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री पदम गिरीले आज मन्त्रीस्तरीय निर्णय गर्दै अर्थोपेडिक सर्जन समेत रहेका  डा. पौडेललाई वीर अस्पतालको निर्देशक पदमा नियुक्त गरेका हुन् ।

यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा प्राडा भुपेन्द्रकुमार बस्नेत थिए । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई १९ साउन २०७८ मा वीर समेत हेर्ने गरी युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारी दिएको थियो ।

डा. पौडेललाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारी समेत हेर्ने गरी छुट्टै नियुक्ति पत्र समेत दिईएको छ ।

डा. पौडेल यसअघि राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरीटेन्डेन भएका थिए । उनले त्यहाँको निर्देशक हुँदा राम्रो काम गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *