सांसद भण्डारीलाई थप उपचारका लागि विदेश लैजान सुझाव, भारत लैजाने तयारी

काठमाडौँ, ४ फागुन । हिजो राती खाना पकाउने ग्याँस विस्फोटमा परी गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि विदेश लैजान कीर्तिपुर अस्पतालले सुझाव दिएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकार र जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीद्धारा केहीबेर अघि जारी विज्ञप्तीमा ‘हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको (सांसद भण्डारी र उनकी आमा ) यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,’ उल्लेख छ ।

अस्पतालले सांसद भण्डारीको अनुहार, दुबै हात र दुबै गोडाहरुमा गरी २५ देखि ३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत बढी जलन भएको उल्लेख गरेको छ । यस्तै दुबै जनाको स्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्याधिक सम्भावना रहेको समेत उल्लेख छ ।

अस्पतालको सुझाव पछि भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भएको छ । ‘आमाको अवस्था लैजान पनि अलि गाह्रो हुने भएकोले यहि उपचार गर्ने तर छोरालाई लैजाने तयारी हुँदैछ,’ अस्पताल स्रोतले भन्यो ।

यसैबीच बिस्फोटमा परी गम्भीर घाइते भएका सांसद भण्डारी र उनको आमाको अवस्था बुझ्न स्वास्थ्यमन्त्री पदम गिरी कीर्तिपुर अस्पताल पुगेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *