स्वास्थ्यको छुट्टै विश्वविद्यालय खोल्दै सरकार

प्रस्तावित गेटा मेडिकल कलेजलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन सैद्धान्तिक सहमति

काठमाडौँ, १ फागुन ।  सरकारले स्वास्थ्य विज्ञानको छुट्टै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिमको प्रस्तावित गेटा मेडिकल कलेजलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन सैद्धान्तिक सहमति दिएको छ ।

स्वास्थ्य मन्त्री पदम गिरीले सुदूरपश्चिमको प्रस्तावित गेटा मेडिकल कलेजलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन सैद्धान्तिक सहमति दिएको बताए । उनले स्वास्थ्यको छुट्टै विश्वविद्यालय बन्नु देशकै लागि गर्वको कुरा भएको उल्लेख गरे ।

सैद्धान्तिक सहमति पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो नयाँ विश्वविद्यालय सम्वन्धी विधेयक तर्जुमा गर्ने र उक्त विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुने बताइएको छ ।

सोमबार विहान काठमाडौँमा आयोजित जनयुद्ध दिवस सम्वन्धी कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमबाट विकासको मुल फुटाएको बताए । सम्वोधनका क्रममा उनले हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णय उल्लेख गर्दै देशमा स्वास्थ्य सम्वन्धी नयाँ विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए ।

गेटाको अवलोकन गर्न जाँदै प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्य मन्त्री गिरी
यसैबीच प्रधानमन्त्री प्रचण्ड, स्वास्थ्य मन्त्री गिरी तथा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज विश्वविद्यालय बनाउने तयारी भएको गेटा मेडिकल कलेजको अवलोकन भ्रमणमा जाँदैछन् । उनीहरुले प्रस्तावित विश्वविद्यालयको भोतिक संरचना तथा अन्य व्यवस्थापकीय अवस्थाको अध्ययन गर्ने बताइएको छ ।

सो टोलीले सुदूरपश्चिममा बनाइएको सुख्खा बन्दरगाहको पनि निरीक्षण गर्ने बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *