‘मत विभाजन भए पनि मन विभाजन भएन र हुनेछैन’
काठमाडौँ, २६ माघ । नेपालका चिकित्सकहरुको पेशागत संस्था नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको परिणाम आइसकेको छ ।
निर्वाचनबाट लोकतान्त्रिक प्यानलबाट उठेका डा अनिल बिक्रम कार्की नेतृत्वको टिमले बाजी मारेको छ । पेशागत समावेशी समूह नाम दिएर प्रतिस्पर्धामा उत्रिएको डा सन्तोष पौडेले नेतृत्वको प्यानलले एक जना सदस्य मात्रै जितेको छ ।
‘निर्वाचनका बेला तीन समूहका विभाजित चिकित्सकहरु निर्वाचन पछि एक भइसकेको बताएका छन् । मुख्य कुरा एजेन्डा, नेतृत्व र टिम हो, निर्वाचन गएका बेला यी तीनवटै कुरा प्रस्तुत गर्नुपर्छ । तर बिजयी भएको र उपविजयी भएका टिमले तयार पारेका एजेण्डाहरु उस्तै उस्तै थिए,’ तीन दिन अघि प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर राना मगरले निर्वाचन परिणाम सुनाएपछि डा अनिलबिक्रम कार्की नेतृत्वको विजयी टिमलाई बधाई दिने क्रममा उपविजयी भएका डा सन्तोष पौडेलले भने ।
उनले आफूले उठाएका एजेन्डा हस्तान्तरण गर्दै त्यसलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए ।
जवाफमा डा कार्कीले निर्वाचनमा चिकित्सकबीच मत विभाजन भएपनि मन विभाजन नभएको भन्दै आफूहरु एक भएर पेशागत विकासका लागि अघि बढ्ने बताए । उनले केही दिन अघिसम्म विभिन्न प्यानलमा चिकित्सकहरु बाँढिएपनि अब भने सबै चिकित्सक एनएमए प्यानलमा एकवद्ध भएको बताएका थिए ।
हेरौँ निर्वाचन परिणाम घोषणा भएपछि डा कार्की र डा पौडेलले दिएको प्रतिक्रिया
सम्पर्क इमेल : [email protected]