बिपी प्रतिष्ठान धरानको उपकुलपतिको जिम्मेवारी डा सञ्जिव शर्मा प्याकुरेललाई

काठमाडौँ, २० माघ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिको जिम्मेवारी प्राडा सञ्जीवकुमार शर्मा प्याकुरेलले पाएका छन्।
प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि प्राडा शर्मालाई उपकुलपतिको जिम्मेवारी दिइएको हो। उनलाई प्रतिष्ठानको प्रशासनिक कार्य गर्नेगरी जिम्मेवारी दिइएको हो।
प्राडा शर्मा प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा कार्यरत थिए। उनी गत पुस ७ गते प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्त भएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



