गण्डकीको स्वास्थ्य सचिवमा डा. विनोदविन्दु शर्मा

पोखरा, ४ माघ ।  गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा शर्मालाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि डा शर्मा गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यलयमा थिए ।

स्वास्थ्य मन्त्रालयमा सचिव रहेका डा विश्वबन्धु वगाले अध्ययनका लागि अष्ट्रेलिया अध्ययनका लागि गएपछि स्वास्थ्य मन्त्रालय सचिव विहीन भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *