माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने

काठमाडौँ, ४ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजे प्रत्यारोपण गरिने भएको छ । पुन लामो समयदेखि जन्डिस रोगबाट पीडित छन् । उनको कलेजो लागभग ८५ प्रतिशत काम नलाग्ने भइसकेको उनको उपचारमा संलग्न रहेका प्राडा युवराज शर्माले बताए ।

एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि गत शनिबार हेलिकोप्टरबाट ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति नन्दकिशोर पुन, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतका नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।

कलेजो प्रत्यारोपणका लागि परिवारमा र पार्टीमा पनि छलफल भइरहेको बताइएको छ । उनी लामो समयसम्म चीनमा उपचार गराएर फर्किएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *