बरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बढी रकम सहितको अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ, ४ माघ । नेपालका बरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले १० लाख अमेरिकी डलर (१३ करोड नेपाली रुपैयाँभन्दा बढी) को रकम सहितको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन् ।

बहराइनको इशा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले मंगलबार डा रुइतलाई उक्त अवार्ड प्रदान गर्ने घोषणा गरेको हो।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड मानवताको क्षेत्रमा उत्कृष्ठ काम गर्ने व्यक्तिहरुलाई प्रदान हुँदै आएको छ । सोही अवार्ड यसपटक पटक डा रुइतलाई प्रदान गर्ने निर्णय भएको संस्थाले जनाएको छ।

यो अवार्ड सन् २००९ मा स्थापना भएको हो। तर वितरण भने सन् २०१३ देखि सुरु भएको हो । उक्त अवार्ड हरेक दुई दुई वर्षमा प्रदान हुँदै आएको छ ।

इशा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार यो अवार्ड फेब्रुअरी महिनामा प्रदान गरिनेछ। ‘अवार्डको पाँचौं संस्करण अन्तर्गत सन् २०२३ मा डा सन्दुक रुइतलाई उक्त अवार्ड प्रदान गरिनेछ। अवार्डसँगै डा रुइतले १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम, गोल्ड मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ,’ संस्थाले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ।

डा रुइतले पनि आफूलाई सो अवार्डका लागि छनौट गरिएको जानकारी प्राप्त गरेको बताए । उनले भने, ‘मलाई यो अवार्डका लागि छनौट गरिएको भन्ने जानकारी आएको छ । यो प्रतिष्ठित अवार्डका लागि छनौट भएको खबरले निकै खुसी छु । नेपालीको छोराले यो अवार्ड पाउनु सानो कुरा होइन। यो अवार्डले विश्वमा नेपालीको आत्मसम्मान बढाउन मद्दत गर्छ।’

डा रुइतले अन्धोपन निवारणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको बहराइनका राजपरिवारका सदस्य शेख मो बिन मुबारक अल खालिफाले जानकारी दिएका छन्।

मंगलबार अवार्ड घोषणा कार्यक्रममा उनले भने, ‘अन्धोपन निवारका लागि डा सन्दुक रुइतले गर्नुभएकोझ मानविय कल्याणका लागि उहाँलाई ईसा अवार्डका लागि छनोट गरिएको हो।’

गल्फ न्यूजमा आएको समाचार अनुसार डा रुइतलाई अन्धोपन निवारणका क्षेत्रमा विशेषगरी मोतिबिन्दुको क्षेत्रमा गरिएको योगदानका आधारमा यो अवार्ड प्रदान गर्ने निर्णय भएको हो।

उक्त अवार्डका लागि १३९ जना व्यक्ति र संस्थाहरु छनोटमा परेका थिए। जसमध्ये छनोट समितिले सुरुमा ६ जना संस्थारव्यक्ति छनोट गरेको थियो ।

अमेरिकास्थित मर्सी शिप, बंगालादेशको फ्रेन्ड्सशिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्वीटजरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेशन र नेपालका डा सन्दुक रुइत ५ जनाभित्र परेका थिए।

उनीहरु सबैको विषयमा अध्ययन र उनीहरुको कामका विषयमा अध्ययन गरिसकेपछि डा रुइतलाई अवार्ड दिने निर्णय भएको हो।

डा. रुइतले यसअघि प्रतिष्ठित म्यागेसेसे पुरस्कार, भारतको प्रतिष्ठित पद्य्मश्री पुरस्कार, अनररी अफिसर अफ द अर्डर अफ अष्टे«ेलिया रामोन लगायतका अन्तराष्ट्रिय अवार्ड पाइसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *