‘स्वास्थ्य मन्त्री एमाले, स्वास्थ्य राज्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई !’

2.2k
Shares

काठमाडौँ, २ माघ । स्वास्थ्य मन्त्रालय दुई पार्टीको भागमा पर्ने भएको छ । बालुवाटार स्रोतका अनुसार स्वास्थ्य मन्त्री नेकपा एमालेले लिने र स्वास्थ्य राज्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने करीव करीव निश्चित भएको छ ।

मन्त्रालयको भागवण्डा मिलाउन अहिले बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसि रहेको छ ।

स्रोतले शिक्षा मन्त्रालय पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने करीव करीव टुगो लागेको जानकारी दिएको छ ।

तर,  अन्तिम समयसम्म केही फेरवदल हुन सक्ने सम्भावना कायमै रहेको स्रोतले बतायो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *