विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, १ माघ । सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकले सोमबार देशभर शोक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
यस्तै सरकारले दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गर्ने, मृतकको परिवारलाई सव लैजानका लागि सहजिकरण गर्ने लगायतका निर्णय भएको बताए ।
आज विहान १०:५१ बजे पोखराको सेती खोजमा परेको दुर्घटना ग्रस्त विमानमा चार जना चालक दलका सदस्य सहित ७२ जना सवार थिए । त्यसमा दुई जना चिकित्सक, ३ जना शिशु समेत परेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



