माओवादी नेता पुनको स्वास्थ्यमा समस्या, हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

172
Shares

काठमाडौं, ३० पुस । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा पुन समस्या देखा परेको छ । गृहजिल्ला रोल्पामा रहेका पुनको स्वास्थ्यमा समस्या देखा परेपछि हेलिकोप्टरबाट आजै काठमाडौँ ल्याइएको छ ।

उनलाई लतितपुरको सुमेरु अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । उनी लामो समयदेखि वंशाणुगत जण्डिसबाट पीडित छन्।

गत मंसिर १६ गते उनी स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि चीन गएका थिए । उनलाई सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा क्वारेन्टिनमा राखेर उपचार गरिएको थियो । उपचारपछि गत पुस ५ गते स्वदेश फर्किएका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *