स्वास्थ्यका पाँच जना चिकित्सक एघारौँ तहमा बढुवा

2.9k
Shares

काठमाडौं, १८ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवा अन्तरगतका विभिन्न समूह, उपसमूहको अधिकृत एघारौँ तहमा पाँच जनालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

गत विहीबार र आज सोमबार बसेको बढुवा समितिको बैठकले पाँच जना चिकित्सकलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवामा पर्नेहरुमा मेडिसिन समूह जनरल मेडिसिन उपसमूह अन्तरगर्त प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन पदमा डा दीपक सिग्देल, मेडिसिन समूह चेस्ट डिजिजेज उपसमूह तर्फ प्रमुख कन्सलटेन्ट चेस्ट डिजिज पदमा डा नविनप्रकाश साह र मेडिसिन समूह फरेन्सिक मेडिसिन उपसमूह तर्फ प्रमुख फरेन्सिक मेडिसिन अधिकृत पदमा डा बीरेन्द्रकुमार मन्डल बढुवा भएका छन् ।

यस्तै सर्जरी समूह, जनरल सर्जरी उपसमूह तर्फ प्रमुख कन्सलटेन्ट सर्जन पदमा डा जनार्दन पन्थी र सर्जरी समूह अर्थोपेडिक सर्जरी उपसमूह तर्फ प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन पदमा डा भरतबहादुर खत्री बढुवा भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *