औषधि व्यवस्था विभागको विशेष सिफारिसको आधारमा एक वर्ष भित्र १९८ प्रकारका औषधि आयात

काठमाडौँ, २२ मंसिर । नेपालमा आर्थिक वर्ष २०७८/७९ मा १९८ प्रकारका औषधिहरु विशेष सिफारिसको आधारमा विदेशबाट आयात गरिएको छ ।

नियमित रुपमा उपलव्ध नभएका तथा आयात नगरिएका ती औषधिहरु विरामीको माग अनुसार अस्पतालले गरेको सिफारिसको आधारमा औषधि व्यवस्था विभागले विशेष सिफारिस प्रदान गरेर ल्याइएको हो ।

त्यसरी आयात गरिएका अधिकांश औषधिहरु क्यान्सर, क्षयरोग तथा एचआईभी जस्ता रोगबाट ग्रसित विरामीले खाने औषधि छन् ।

विभागले गत मंगलबार २०७८ साउन देखि २०७९ असार मसान्त सम्म त्यसरी आयात गरिएका औषधिहरुको सूची प्रकाशित गरेको छ । त्यसमा कुन औषधि, कुन अस्पतालको सिफारिसमा कुन आयातकर्ताले कुन देशको कम्पनीमा उत्पादित औषधि आयात गरयो भन्ने समेत उल्लेख गरिएको छ ।

हेर्नुहोस् विशेष सिफारिसको आधारमा आयात गरिएका औषधिहरुको विवरण :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *