नेपालमा दर्ता भएका औषधि उद्योग १२२ पुगे, सञ्चालनमा भने ८३ वटा मात्रै

काठमाडौँ, २१ मंसिर । औषधि व्यवस्था विभागमा भेटनरी औषधि उत्पादन गर्ने सहितका १२२ वटा फर्मास्युटिकल्स उद्योगहरु दर्ता भएका छन् । तर अहिलेसम्म ८३ वटा मात्रै सञ्चालित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा गत साता भएको राष्ट्रिय संयुक्त बार्षिक समीक्षा बैठकमा विभागका महानिर्देशक भरत भट्टराईले औषधि उद्योगको पछिल्लो विवरण उल्लेख गरेका थिए । उनले यी स्वदेशी उद्योगहरुबाट अहिलेसम्म ५ हजार ७६१ ब्राण्डका औषधिहरु उत्पादन हुने गरेको जानकारी दिए ।

यस्तै विभागमा अहिलेसम्म आयुर्वेदिक तथा बैकल्पिक चिकित्सा सम्वन्धी औषधि उद्योगहरु दर्ता भएको संख्या १९६ पुगेको छ । तर अहिलेसम्म ५६ वटा उद्योगहरु सञ्चालनमा आएको पाइएएको छ । ती उद्योगहरुले ५ हजार ९७१ ब्राण्डका औषधिहरु उत्पादन गर्दै आएका छन् ।

औषधि क्षेत्रका लागि नेपालमा स्वदेशी उद्योगमात्रै प्रयाप्त अझै देखिएको छैन् । विभागको तथ्यांक अनुसार अहिलेपनि ३५० जटा विदेशी कम्पनीबाट नेपालमा औषधि पैठारी हुँदै आएको छ । ती कम्पनीहरुले ६ हजार ८०६ ब्राण्डका औषधि नेपालका लागि निर्यात गर्दै आएको विभागका महानिर्देशक भट्टराई बताउँछन ।

त्यसो त नेपालमा झण्डै अहिले पनि ५५ प्रतिशत विदेशी औषधिको खपत हुने र स्वदेशी औषधिको खपतको प्रतिशत ४५ प्रतिशत मात्रै हुने गरेको स्वयं स्वदेशी औषधि उद्योगका सञ्चालकहरु बताउँछन् ।

सरकारले प्रस्तुत गरेका पछिल्ला वर्षका बजेटहरुमा स्वदेशी औषधि उद्योगलाई प्रवर्धन गर्ने नीति प्रस्तुत गरे पनि ठोस योजना आएको छैन् । यसले स्वदेशी उद्योगको प्रवद्र्धन गर्ने भन्ने नीति नै कहाँबाट सुरु गर्ने भन्ने स्वयं सरोकारवालामा अलमल देखिएको छ ।

विभागका अनुसार देशमा २३ हजार ७१२ वटा फार्मेसी पसलहरु दर्ता भएका छन् ।

औषधिको थोक विक्रेता ४ हजार २०८ र औषधि पैठारीकर्ताको संख्या १६९ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *