निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संगठनमा नयाँ कार्य समिति, अध्यक्षमा डा. कार्की

काठमाडौँ, २० मंसिर । निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले नयाँ कार्यसमिति चयन गरेको छ ।

मंगलबार बसेको साधारण सभाले नयाँ अध्यक्षमा प्राध्यापक डा ज्ञानेन्द्रमानसिंह कार्कीलाई चयन गरेको हो । उनी बिराट मेडिकल कलेज बिराटनगरका सञ्चालक हुन् ।

यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा डा बुद्धिमान श्रेष्ठ चयन भएका छन् । उनी कान्तिपुर डेन्टल कलेजका सञ्चालक हुन् ।

यस्तै साधारणसभाले भीम चन्दलाई महासचिवको जिम्मेवारी दिएको छ । उनी काठमाडौँ मेडिकल कलेज तथा नोवेल मेडिकल कलेजको तर्फबाट प्रतिनिधित्व गरेका हुन् ।

यस्तै एशोसिएसनको कोषाध्यक्षमा शान्तराज बतास चयन भएका छन् । उनी पोखरास्थित मणिपाल मेडिकल कलेजका सञ्चालक हुन् ।

साधारणसभाले सदस्यहरुमा चितवन मेडिकल कलेजका सञ्चालक डा हरिषचन्द्र न्यौपाने, कलेज अफ मेडिकल साइन्सेज भरतपुरका डा नटराजप्रसाद, खुमा अर्याल गण्डकी मेडिकल कलेज, डा गोपाल पोखरेल लुम्बिनी मेडिकल कलेज लगायत सबै मेडिकल कलेजका सञ्चालकहरुलाई सदस्यमा चयन गरेको छ ।

साधारणसभाले पूर्व अध्यक्षहरुलाई सल्लाहकार समिति बनाएर राख्ने निर्णय समेत गरेको छ ।

यसअघि नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्धिन अन्सारी अध्यक्ष थिए ।

नयाँ कमिटिले नेपालको चिकित्सा शिक्षामा निजी मेडिकल कलेजहरुको अतुलनीय योगदान गरेको निस्कर्ष निकाल्दै राज्यका तर्फबाट निजी मेडिकल कलेजका विषयमा चालिएका कदमको विरोध गरेको छ ।

निजी मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगले तोकेको कोटा र शुल्कको विषयमा असहमति जनाउदै आएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *