औषधि व्यवस्था विभागद्धारा झोल औषधिमा प्रयोग हुनसक्ने विषाक्त रसायनबारे ध्यानाकर्षण

काठमाडौँ, १३ मंसिर । औषधि व्यवस्था विभागले इनाथाइल ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री बितरण नगर्न औषधि उत्पादक, आयातकर्ता तथा विक्री बितरकहरुलाई निर्देशन दिएको छ ।

बालबालिकाहरुका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो ।

जाम्बिया तथा इन्डोनेसिया लगायतका देशहरु यहि रसायन मिसिएको औषधि खाँदा थप्रै बच्चाहरुको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो । डब्लुएचओको रिपोर्टमा यी विषाक्त रसायनयुक्त मिसावटका कारण बच्चाहरुको मिर्गौलामा गम्भीर प्रतिअसर दुुष्प्रभाव भई मृत्यु भएको दावी गरिएको छ ।

ती रसायनहरु भारतको माइडेन फर्मास्युटिकल्स लिमिडेट हरियानाबाट उत्पादन गरिएको प्रोमेथाजिन ओरल सलुसन, कोफेक्सामाइलिन बेबी कफ सिरफ, म्याकअफ वेवी कफ सिरफ, र मागरिप एन कोल्ड सिरफ रहेका छन् ।

विभागले यस प्रकारका समस्याहरु भविस्यमा नहोस भन्ने हेतुले प्रोपलाइन ग्लाइकोल, पोलिथिनल्याइन ग्लाइकोल, सोरविटोल र ग्लासिरिन, ग्लासिरोल जस्ता सहायक कच्चा पदार्थहरु प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने औषधिमा यी दुई कच्चा पदार्थ नभएको ग्यारेन्टी गर्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *