विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७४ प्रतिशत उत्तीर्ण

काठमाडौँ, ९ मंसिर । विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७४.१६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले आज सञ्चालन गरेको २४ औँ विशेष परीक्षामा सहभागी भएका ४७६ जनामध्ये ३५३ जना ( ७४.१६ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

परीक्षामा १ जनाको नतिजा रोक्का भएको काउन्सिलले जनाएको छ ।

यसअघि गत साउन ७ गते लिइएको २३ औँ विशेष परीक्षामा ६८.८ प्रतिशत उत्तीर्ण भएका थिए । दुई सिफ्टमा भएको आजको परीक्षामा कुल ४४ विधाका चिकित्सकहरु सहभागी थिए ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले परीक्षामा कुनै अवान्चित गतिविधि नभएको बताए । उनले परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिन भित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताए ।

काउन्सिलले बार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ ।

पछिल्लो पटक कम्प्युटर विधिबाट लिईने परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा हुँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *