विशेषज्ञ उपाधिका लागि ४७९ जना डाक्टर लाइसेन्स परीक्षामा भिड्दै

काठमाडौँ, ९ मंसिर । नेपाल मेडिकल काउन्सिलले आज विशेषज्ञ डाक्टरहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा लिदैँछ । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुन लागेको विशेष परीक्षामा ४७९ जना डाक्टरसहभागी हुँदैछन् ।

काउन्सिल रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार आजको परीक्षामा ४५ विधाका डाक्टर सहभागी हुँदैछन् ।

परीक्षा दुई सिफ्टमा हुँदैछ । विहान १० देखि १२ बजेसम्म विभिन्न २० विषयमा विशेषज्ञ हासिल गरेका डाक्टरहरुले परीक्षा दिदैैछन् । दिउसो साढे २ बजे देखि साढे ४ बजेसम्म अरु २५ विषयका विज्ञ डाक्टरहरुले परीक्षा दिदैछन् ।

काउन्सिलले हरेक वर्ष तीन पटक विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षा लिने गरेको छ । यो परीक्षा पास गरेपछि विशेषज्ञ डाक्टरको उपाधि प्राप्त गर्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *