प्रतिनिधि सभा सदस्य निर्वाचन :

पूर्व स्वास्थ्य मन्त्रीद्धय तामाङ र त्रिपाठी पराजित

काठमाडौँ, ९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसअघि स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका विभिन्न पार्टीका नेताहरु पराजित हुने क्रम अझै रोकिएको छैन् ।

पछिल्लो पटक सिन्धुपाल्चोक क्षेत्र नं २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्धार बनेका पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि पराजित भएका छन् ।

उनलाई नेपाली कांग्रेसबाट उम्मेद्धार बनेका मोहनबहादुर बस्नेतले ११ हजार ८७४ मतले हराएका हुन् । बस्नेतले ३९ हजार ३६७ मत ल्याई बिजयी हुँदा तामाङले २७ हजार ४९३ मत मात्रै प्राप्त गरे ।

यसैगरी २०७४ सालको प्रतिनिधिसभा सदस्य पदमा बिजयी बनि स्वास्थ्य मन्त्री बनेका हृदयेश त्रिपाठी पनि यसपटकको निर्वाचनमा पराजित भएका छन् । जनता प्रगतिशील पार्टीका अध्यक्ष समेत रहेका उनलाई नेपाली कांग्रेसका तर्फबाट उम्मेद्धार बनेका ‘विलिनियर’ विनोदकुमार चौधरीले ७ हजार १८७ मतान्तरले पराजित गरेका हुन् ।

विजयी बनेका चौधरीले कुल २९ हजार ४९५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धि रहेका त्रिपाठीले २२ हजार ३०८ मतमै रोकिनु परयो ।

यसअघि पूर्व स्वास्थ्य मन्त्रीहरु उपेन्द्र यादव, बिरोध खतिवडा, रामजनम चौधरी, राज्यमन्त्री उमेश श्रेष्ठ लगायत पराजित भईसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *