पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी पराजित, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ निर्वाचित

काठमाडौँ, ८ मंसिर । प्रतिनिधि सभा सदस्य पदका लागि कैलाली क्षेत्र न १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्धार बनेका पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी पराजित भएका छन् । उनलाई नागरिक उन्मक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले १२ हजार बढी मतान्तरले पराजित गरेकी हुन् ।

अन्तिम मत परिणाम आउँदा रञ्जिताले ३० हजार ४ सय ४ मत प्राप्त गरेकी थिईन् । कांग्रेसबाट उम्मेद्धार बनेका चौधरी भने १८ हजार ८१ मत मै खुम्चिए ।

उनलाई पराजित गर्ने रञ्जिता यसअघि जेलबाटै निर्वाचन जितेका सांसद रेशम चौधरीकी श्रीमती हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *