प्रतिनिधि सभा निर्वाचन

पूर्व स्वास्थ्य मन्त्री बिरोध खतिवडा पनि पराजित

काठमाडौँ, ८ मंसिर । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट उम्मेद्धार बनेका पूर्व स्वास्थ्य मन्त्री बिरोध खतिवडा पराजित भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नेकपा समाजवादीका नेता खतिवडालाई नेकपा एमालेका तर्फबाट उम्मेद्धार बनेका महेश बर्तौलाले पराजित गरेका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार बर्तौलाले ३४ हजार ६१६ मत प्राप्त गर्दा खतिवडा ३० हजार ३९४ मतमै रोकिएका थिए । सो क्षेत्रमा ८६ हजार ६५२ मत खसेको थियो ।

यसअघिसम्म नेकपा एमालेबाट उम्मेद्धार बन्ने गरेका खतिवडा हरेक पटकको निर्वाचनमा जित्ने रेकर्ड थियो । तर यसपटक पार्टी परिवर्तन गरी नेकपा एसमा लागेका उनी आफैले प्रशिक्षित गरेका युवा नेता बर्तौलासंग पराजित हुन पुगे ।

धेरै पटक संसद भएपनि मन्त्री नबनेका खतिवडाले यसअघि पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने अवसर पाएका थिए । तर उनले त्यो अवसरलाई राम्ररी पुरा गर्न सकेनन् ।

नेकपा एसले राम्ररी काम गर्न नसकेको भन्दै मन्त्री भएको करीव ८ महिना पछि उनलाई सरकारबाट फिर्ता बोलाएको थियो ।

यसपटकको निर्वाचनमा पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव फराकिलो मतान्तरले पराजित भईसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *