एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित

काठमाडौँ, ७ मंसिर ।  नेकपा एमालेका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।

केही वेर अघि सकिएको मतगणनामा भट्टराईले सत्ता गठबन्धनबाट उम्मेद्धार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

एमाले सचिव समेत रहेका भट्टराई ताप्लेजुङबाट लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।

भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत पाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *