डेंगी संक्रमणबाट प्रदेश नं १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन

काठमाडौं, २३ कात्तिक । डेंगी संक्रमणमा परेका प्रदेश नं १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ।

डेंडी संक्रमणमा परि केही दिन देखि उपचाररत ५६ वर्षीय थापाको आज विहान विरराटनरस्थित नोवेल अस्पतालमा निधन भएको हो ।

अस्पतालका निर्देशक नारायण दाहालका अनुसार मन्त्री थापाको आज विहान साढे १० बजे निधन भएको हो ।

डेंगी संक्रमित थापाको थापाको यसअघि काठमाडौंको ह्याम्स लगायतका अस्पतालमा उपचार गरिएको थियो। मंगलबार मात्रै उनलाई नोवेल अस्पतालमा भर्ना गरिएको अधिकृत दाहालले जानकारी दिए।

आगामी ४ मंसिरमा हुन लागेको प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ (क) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए।

उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *