भूकम्पका घाईते पाँच जनाको उपचार डोटी अस्पतालमा

काठमाडौँ, २३ कात्तिक । सुदूरपश्चिमको डोटी केन्द्रविन्दु बनाएर आज विहान आएको ६ दशमलव ६ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भएको छ ।

भूकम्पमा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । उक्त ठाउँमा आठ घर पूर्णरुपमा भत्किएर क्षति पुगेको बताइएको छ। घाइते पनि सोही ठाँउमा भएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा जगदीश जोशीले घाइते भएका पाँच जनाको स्वास्थ्य उपचार डोटी अस्पतालमा भएको जानकारी दिए । उनले चार जनाको स्वास्थ्य अवस्था सामान्य र एक जना मल्टीपल मल्टीपल इन्जुरीका कारण रिफर गर्ने तयारी भएको बताए ।

उनले जनधनको क्षति भएको गैरागाउँमा चिकित्सकीय टोली समेत परिचालन गरिएको बताए ।

यसअघि घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट डोटी अस्पताल पूर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुशको उद्धार गरेको हो। उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ।

आज विहान २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *