निर्वाचन आयोगद्धारा डा. तोसिमा कार्कीको उम्मेद्धारी खारेज

880
Shares

काठमाडौँ, १२ कात्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्धारी दिएकी डा तोसिमा कार्कीको उम्मेद्धारी खारेज गरेको छ । नेपाल मेडिकल काउन्सिल सदस्य समेत रहेकी डा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं ३ मा उम्मेद्धार बनेकी थिईन् ।

डा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेकोले उम्मेद्धारी खारेज गरिएको जनाएको छ । काउन्सिल सदस्य पदमा बहाल रहेकी डा कार्की उम्मेद्धार बनेपछि आयोगमा उनको उम्मेद्धारी खारेज होस भन्दै उजुरी परेको थियो ।

आयोगले उजुरीपछि छानवीन गर्दा मासिक तलव नबुझेपनि काउन्सिलबाट बैठक भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता बुझेको र नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को ख (६) मा पारिश्रमिक भन्नाले तलव भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधा समेत सम्झनुपर्छ भन्ने व्यवस्था समेतका आधारमा भत्ता पारिश्रमिक भित्रै पर्ने देखिएको बताएको छ ।

यस्तो छ आयोगको पत्र

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *