‘सबैका लागि स्वास्थ्य’ विषयमा लघु चलचित्र महोत्सव गर्दै डब्लुएचओ

चलचित्र आठ मिनेटसम्मको हुनुपर्ने, सहभागि हुन चाहनेले ३१ जनवरीसम्म बुझाउनुपर्ने

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सबैका लागि स्वास्थ्य चलचित्र महोत्सवको चौथो संस्करणका लागि लघु चलचित्रका लागि सहभागी हुन आव्हान गरेको छ ।

डब्लुएचओले लघु चलचित्र बढीमा ८ मिनेटसम्मको हुनुपर्ने बताएको छ । यसमा सहभागी हुनेहरुले ३१ अक्टोबर २०२२ देखि ३१ जनवरी २०२३ सम्म लघु चलचित्र बुझाउनु पर्नेछ ।

डब्लुएचओले सार्वजनिक संस्था, गैर सरकारी संस्था, बिरामी र स्वास्थ्यकर्मीहरुको समुदाय, जनस्वास्थ्य र चलचित्र क्षेत्रमा अध्ययन्रत विद्यार्थीहरु सहभागी हुन सक्ने बताएको छ । यस्तै स्वतन्त्र फिल्म निर्माता, फिल्म निर्माण कम्पनीहरु र टेलिभिजन बोडकास्टहरु पनि यसमा सहभागी हुन सक्ने जनाइएको छ ।

डब्लुएचओले आफूसंग आएका लघु चलचित्रहरुमध्येबाट ७० वटा सर्टलिष्ट गरी आफ्नो वेवसाइट र युटूव च्यानलबाट सार्वजनिक गर्ने जनाएको छ । सर्टलिष्टमा परेका लघु चलचित्रबाट प्रतिष्ठित व्यावसायिक कलाकार, डव्लुएचओका विज्ञ सहितको निर्णायक मण्डलले अवार्डका लागि पुरस्कृत चललिचत्र छनौट गर्नेछ ।

तीन ग्राण्ड प्रिक्स पुरस्कृत गरिनेछ । प्रत्येक मुख्य विधाका लागि डब्लुएचओका प्रमुख विश्वव्यापी स्वास्थ्यका लक्ष्यहरु : विश्वव्यापी स्वास्थ्य कभरेज, स्वास्थ्य आपतकालिन, राम्रो स्वास्थ्य र कल्याणका विषय, जलबायु परिवर्तन र स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्वन्धी चलचित्र, विद्यार्थीद्धारा निर्मित चलचित्र र एउटा अत्यत्य छोटो चलचित्र एक देखि अढाई मिनेट लामो चलचित्रलाई विशेष पुरस्कार दिईने बताइएको छ ।

डब्लुएचओका महानिर्देशक डा टेड्रोसले सबै प्रकारका स्वास्थ्यका चुनौतीहरु सामाना गर्ने र स्वास्थ्य सुधार गर्न आफ्नो जीवन समर्पित गर्नेहरुका बारेमा विश्वभरका शक्तिशाली कथाहरु सुनाउनका लागि डब्लुएचओ हेल्थ फर अल फिल्म फेस्टिभल एउटा महत्वपूर्ण प्लेटफर्म भएको बताए ।

उनले यी लघु चलचित्रले प्रभावित व्यक्तिहरुसंग जोडिन र हामीले दिने सेवाहरुलाई जनस्तरमा राम्रोसंग पुराउन र बुझाउनका पनि सहयोग गर्ने उल्लेख गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *