आज ४ जनामा कोरोना संक्रमण

काठमाडौँ, १० कात्तिक । देशमा कोरोना संक्रमित हुनेको सख्या पछिल्ला दिनमा घट्दो क्रममा रहेको छ । विहीबार (आज) देशभर ४ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । हिजो र अस्ती संक्रमित हुनेको संख्या १६ थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७९ जनाको आरटीपीसीआर र २७५ जनाको एन्टीजेन गरी कुल ३५४ जनाको परीक्षण गर्दा ३ जना पीसीआर र १ जना एन्टीजेन गरी कुल ४ जनामा संक्रमण भएको हो । मन्त्रालयले आज २२ जना कोरोना संक्रमण मुक्त भएको उल्लेख गरेको छ ।
यो अवधीमा कोरोनाको कारण कसैको मृत्यु नभएको समेत मन्त्रालय प्रष्ट पारेको छ ।
मन्त्रालयले आजको समेत गरेर देशमा कोरोनाका सक्रिय संक्रमित ६२२ जना रहेको बताएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



