शताब्दी पुरूष सत्यमोहन जोशीको निधन
काठमाडौँ, ३० असोज । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षीय शताव्दी पुरुष जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा किष्ट अस्पतालमा निधन भएको हो । उनको त्यहा विगत २४ दिन देखि उपचार भईरहेको थियो ।
अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकले आज (आइतबार) विहान ७ बजेर ९ मिनेटमा निधन भएको पुष्टि गरे । ‘दुखका साथ भन्नुपर्छ विहान ७ बजेर ९ मिनेटमा जाँदा उहाँ स्वर्गारोहण हुनु भयो,’ पाठकले नेपाली हेल्थसंग भने ।
जोशीलाई स्वास्थ्यमा समस्या आएपछि गत ७ असोजमा अस्पतालमा भर्ना गरिएको थियो ।
उनको अधिकांश समय आईसीयूमा राखेर उपचार भईरहेको थियो ।
पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]