यी हुन् प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फबाट उम्मेद्धारी दिने १६ चिकित्सक

980
Shares

काठमाडौँ, २४ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा १६ जना चिकित्सकले प्रत्यक्ष तर्फबाट उम्मेद्धारी दिएको विवरण प्राप्त भएको छ । निर्वाचन आयोगले हिजोका लागि प्रत्यक्ष तर्फबाट उम्मेद्धारी दिने अन्तिम दिन तोकेको थियो ।

उम्मेद्धारी दिने अधिकांश चिकित्सकहरु स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका छन् । केही चिकित्सकहरुले भने ठूला राजनीतिक दलबाट नै टिकट पाई उम्मेद्धारी दिएका छन् ।

चितवन क्षेत्र नं ३ बाट माओवादीको कोटाबाट गठबन्धन उम्मेद्धार बनेका छन् डा भोजराज अधिकारी, उता नोवेल मेडिकल कलेजका सञ्चालक डा सुनील शर्मा पनि नेपाली कांग्रेसको तर्फबाट विराटनगर ३ बाट उम्मेद्धार बनेका छन् । यता काठमाडौँ क्षेत्र नं ५ बाट राप्रपाको तर्फबाट प्राडा रामप्रसाद उप्रेतीले उम्मेद्धारी दिएका छन् । उता स्याङ्जा २ ख बाट कान्तिपुर डेन्टल कलेजका सञ्चालक डा बुद्धिमान श्रेष्ठलाई नेकपा एमालेले उम्मेद्धार बनाई पठाएको छ ।

ललितपुर ३ बाट डा तोशीमा कार्की, रुपन्देही २ बाट डा निकोलस भुसाल, काठमाडौँ ४ बाट अर्चन शम्शेर राणा, ललितपुर २ बाट सुदीन शाक्य सहित ७ जना डाक्टर स्वतन्त्रबाट उम्मेद्धारी दिएका छन् ।

यी हुन् उम्मेद्धार बनेका चिकित्सकहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *