डेंगु संक्रमणबाट ३६ जनाको मृत्यु, २७ हजार ५६९ जना संक्रमित

काठमाडौँ, १२ असोज । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट  नेपालमा हालसम्म ३६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साउनदेखि हालसम्म देशभर ३६ जना संक्रमितको मृत्यु भएको हो ।

त्यस्तै २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु संक्रमण देखिएको छ ।

त्यस्तै, लुम्बिनीमा ३ हजार ५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५ गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु पुष्टि भएको छ ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको महाशाखाले जनाएको छ।

जसमध्ये सबैभन्दा बढी काठमाडौँमा ९ हजार ४९६, ललिपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१, दाङमा १ हजार ४१०, भक्तपुरमा १ हजार ७६, रुपन्देहीमा ७३७, चितवनमा ७१७, धादिङमा ४४९, गुल्मीमा २९९, कैलालीमा २९८ गरी १० वटा जिल्लामा सबैभन्दा बढी डेंगुका संक्रमित भेटिएको महाशाखाले जनाएको छ ।

देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरिएको छ ।  यसैबिच सरकाले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *