सत्यमोहन जोशीको स्वास्थ्य हेरचाहका लागि एक जना नर्स खटाउने सरकारको निर्णय

काठमाडौँ, ९ असोज । सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि एक जना नर्स खटाउने निर्णय गरको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले जोशीको हेरचाहका लागि एक जना नर्स खटाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सुनाउने क्रममा सो जानकारी दिएका हुन् । निर्णय अनुसार शताब्दी पुरुष जोशीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स खटाउने छ ।

१०२ वर्षका जोशी अहिले अस्वस्थताका कारण किष्ट अस्पतालमा उपचाररत छन् । पछिल्लो पटक डेंगीको संक्रमणमा परेका उनलाई अरु पनि थप स्वास्थ्य समस्या रहेको बताईएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *