दुई जना डाक्टरलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति

1.4k
Shares

काठमाडौँ, ९ असोज । सरकारले दुई जना चिकित्सकलाई दुईवटा संघीय अस्पतलको विकास समिति अध्यक्षमा नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले डा विदुर वस्तीलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरको छ ।

यस्तै टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको विकास समिति अध्यक्षमा डा चीनवहादुर पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यी दुबै अस्पतालमा विकास समिति अध्यक्ष खाली थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *