न्यूरो सर्जन डा राजीव झा लाई ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन’ पुरस्कार
काठमाडौँ, १ असोज । वीर अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख डा राजीव झा ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत भएका छन्।
१० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै डा झालाई पुरस्कृत गरेको हो।
विज्ञान दिवसको अवसर पारेर बिपी प्लानेटोरियम एण्ड अब्जर्भेटरीमा आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार प्रदान गरे। मन्त्रालयले डा. झा सहित १२ जनालाई पुरस्कृत गरेको छ।
उक्त पुरस्कारबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान शाखा प्रमुख डा मेघनाथ धिमाल पनि पुरस्कृत भएका छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




