चौबिस घण्टामा थप १२६ जनामा कोरोना संक्रमण, १३७ जना संक्रमणमुक्त

84
Shares

काठमाडौँ, ३० भदौ । पछिल्लो चौबिस घण्टामा देशभर १ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप १ सय ३७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरणअनुसार थप ३ हजार ७ सय ९० नमुना परीक्षण गर्दा १ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५३, ललितपुरमा ३ र भक्तपुरमा १ जना गरी उपत्यकामा ५७ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय २९ रहेको छ । जसमध्ये होमआइसोलेसनमा २ हजार ६२ र संस्थागत आइसोलेसनमा ६७ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १८ जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि शून्य रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *