मन्त्रिपरिषद बैठकको निर्णय :

दुई वटा संघीय अस्पतालमा अध्यक्ष र सदस्य नियुक्त

काठमाडौँ, २८ भदौ । सरकारले कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा डा बाबुराम गौतमलाई नियुक्त गरेको छ । यस्तै मानसिक अस्पताल विकास समितिको अध्यक्षमा मधुकर तुलाधर नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

सोही बैठकले कान्ति बाल अस्पतालको सदस्य पदमा कपिलदेव लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्ती पाएका तिनै जनाको पदावधी २ बर्षको हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *