उपचारको विषयलाई लिएर चिकित्सक तथा स्वास्थ्यकर्मीविरुद्ध सिधै पक्राउ पूर्जी जारी गर्न पाईदैन : काउन्सिल

काठमाडौँ, २१ भदौ ।  नेपाल मेडिकल काउन्सिलले उपचारको विषयलाई लिएर त्यसमा सम्लग्न चिकित्सक तथा स्वास्थ्यकर्मी माथि पक्राउ गर्ने वा पक्राउ पुर्जी जारी गर्न नपाईने बताएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सक करण साहबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको खबर सार्वजनिक भएपछि काउन्सिलले आज विज्ञप्ती जारी गर्दै पक्राउ गर्न नपाईने बताएको हो ।

काउन्सिलले जारी गरेको विज्ञप्तीमा डाक्टर साहको नाम उल्लेख गरेको छैन् । तर जिल्ला प्रहरी कार्यालय जुम्लाले डा साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको खवरपछि चिडिएका चिकित्सक तथा स्वास्थ्यकर्मीकै पक्षमा देखिने गरी काउन्सिलले आफ्नो धारणा स्पष्ट पारेको छ ।

काउन्सिल रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तीमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र मुलुकी अपराध संहिता २०७४ का दफा उल्लेख छ ।

ती दुबै संहिताका दफाले समेत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उपचार गर्ने क्रममा त्रुटी भएपनि सुरुमै प्रहरीले पक्राउ गर्न नपाउने व्यवस्था भएको उल्लेख छ । यदि त्यस्तो भएमा काउन्सिलले तोकेको सम्वन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ जनाको अनुसन्धान समिति रहने व्यवस्था भएको र त्यसले दिएको सुझावको आधारमा मात्रै सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गर्ने व्यवस्था रहेको भनिएको छ ।

गत २ भदौमा कुटपिटमा परेका साहलाई कुटपिटमै उत्रिएको पक्षले बाल हिंसा गरेको उजुरी सरकारी वकिलको कार्यालयमा दर्ता गरेपछि प्रहरीले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ । यद्धपी डा साहले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएको जानकारी नभएको बताएका छन् ।

काउन्सिलको विज्ञप्ती यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *