वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ‘क्लिनिकल फेलोसिप’ तालीमका लागि अनुमति प्रदान
काठमाडौँ, ७ भदौ । नेपाल मेडिकल काउन्सिलले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एक वर्षे क्लिनिकल फेलोसिप तालीम सञ्चालन गर्न अनुमति प्रदान गरेको छ ।
काउन्सिलको सोमबार बसेको बोर्ड बैठकले क्लिनिकल फेलोसिप तालीम सञ्चालन गर्न अनुमति प्रदान गरेको हो ।
काउन्सिल स्रोतका अनुसार पहिलो चरणमा विभिन्न १० विधामा तालीम दिईनेछ ।
यसअघि क्यान्सर अस्पतालले एक वर्षे क्लिनिकल फेलोसिप तालीम सञ्चालनका लागि काउन्सिलसंग अनुमति मागेको थियो ।
सो माग पछि काउन्सिलले निर्देशिका तयार गरी स्थलगत अनुगमन तथा निरीक्षण गर्न गएको थियो ।सोही आधारमा काउन्सिलले तालीमका लागि अनुमति दिएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



