वीरमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न गएको बिरामीको दाँत भाचियो, अस्पताल के भन्छ ?

काठमाडौँ, ४ भदौ । वीर अस्पतालमा पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न गएको एक जना बिरामीको तीनवटा दाँत भाचिएको छ । आफन्तहरुले चिकित्सकले उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् । अस्पतालले भने काम गर्ने क्रममा देखिएको जटिल समस्या भनेको छ ।

नुवाकोटकी ५० वर्षीया राधिका ओझा गत ३० साउनमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न वीर अस्पतालमा भर्ना भएकी थिईन् । चिकित्सकको टोलीले ३१ गते शल्यक्रिया गर्न उनलाई शल्यक्रिया कक्षमा छिराएको थियो । तर शल्यक्रिया कक्षबाट निकाल्दा अगाडी तर्फको माथिल्लो भागको तीनवटा दाँत थिएन ।

परिवारका सदस्यहरुले पित्तथैलीको पत्थरी झिक्न शल्यक्रिया कक्षमा लगेको आफ्नो बिरामीको दाँत झिकेर पठाइदिएको आरोप लगाएका छन् । उनीहरुले चिकित्सकको गम्भीर लापरवाहीका कारण यस्तो भएको आरोप लगाएका छन् ।

तर अस्पतालले भने कहिलेकाँही देखिने ‘जटिल समस्या’ भनेको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले शल्यक्रिया गर्नु अघि भेन्टिलेटरमा राख्ने क्रममा आएको जटिल समस्या भनेका छन् । ‘यो घटनाको विषयमा मैले पनि थाहा पाएको छु । हिजो नै बिरामीको आफन्तसंग कुराकानी पनि भएको छ । अब आइतबार उपचारमा सम्लग्न चिकित्सकसंग पनि छलफल हुनेछ,’ डा बस्नेतले भने ।

डा बस्नेतले यो घटनालाई ‘डिफिकल्टी ईन्टुवेसन’ भएको बताए ।  बिरामीलाई शल्यक्रिया गर्नु पूर्व भेन्टिलेटरमा राख्नुपर्छ । त्यसका लागि ‘ईन्टुवेसन’ गर्नु पर्ने हुन्छ । ‘ईन्टुवेसन’ गर्नका लागि ‘ल्यारिङ्गोस्कोपी’ गर्नुपर्ने हुन्छ । त्यो छिराउने क्रममा दाँत भाचिएको रहेछ,’ उनले भने ।

डा बस्नेतले हजारौँ लाखौँमा केशमा यस्तो समस्या हुने भन्दै यो विरामीको केशमा पनि त्यहि घटना भएको बताए ।

‘सबैमा होईन कसै कसैमा यस्तो समस्या आउँछ । यो केशमा पनि समस्या भएको हो । उहाँको अहिले पत्थरी पनि झिकिसकिएको छ । अब दाँतको पनि उपचार हुन्छ,’ डा बस्नेतले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *