दक्षिण कोरियामा एकैदिन १ लाख ८० हजार भन्दा बढी कोरोना संक्रमित

सोल, १ भदौ । दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप एक लाख ८० हजार आठ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
यसैसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड १६ लाख ८२ हजार आठ सय १६ पुगेको छ ।
केही दिनअगाडी घटेको कोरोना सङ्क्रमित पुनः बढेको बताइएको छ । अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ४६९ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा ९४ जना कम भएको छ ।
दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४२ भन्दा बढीको मृत्यु भएको छ । यसैसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार सात सय ५२ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



