चौबिस घण्टामा ४५५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

108
Shares

काठमाडौँ, २९ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ८ सय २९ नमुना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा थप ३ सय २ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ सय ५२, ललितपुरमा ४८ र भक्तपुरमा ५ जना गरी उपत्यकामा २ सय ५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३५ रहेको छ । त्यसैगरी आइसीयूमा ६५ जना र भेन्टीलेटरमा २ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *