निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनमा नयाँ नेतृत्व, अध्यक्ष बने डा पदम खड्का

काठमाडौँ, २९ साउन । निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)मा अध्यक्षमा डा पदम खड्का निर्वाचित भएका छन् ।

शनिबार भएको २२ औं साधारणबाट डा पदम खड्का अध्यक्षतामा निर्वाचित भएका हुन् । उनी कास्की सेवा हस्पिटल पोखराका सञ्चालक हुन् ।

अध्यक्ष पदका लागि यसअघि बरिष्ठ उपाध्यक्ष रहेका अल्का अस्पतालका सञ्चालक कुमार थापा र डा. खड्काबीच प्रतिस्पर्धा भएको थियो । कुल खसेको ९३ भोटमध्ये अध्यक्षमा निर्वाचित डा खड्काले ७२ र थापाले २१ भोट मात्रै प्राप्त गरेका थिए ।

साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राप्ती लाइफ केअर अस्पतालका हरि प्रसाद रिजाललाई निर्वाचित गरेको छ ।

प्रदेश उपाध्यक्ष अन्तर्गत बागमती प्रदेशबाट प्रा श्यामकृष्ण जोशी नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, कर्णाली प्रदेशबाट भीमबहादुर गुरुङ, गुरुङ हस्पिटल प्रालि, सुदूरपश्चिमबाट गजेन्द्रबीर चन्द पद्मा अस्पताल प्रालि निर्वाचित भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशबाट कौशिला मेमोरियल अस्पतालका चन्द्रबहादुर महतो, गण्डकी प्रदेशबाट तनहुँ सेवा अस्पतालका हरिवहादुर खड्का निर्वाचित भएका छन् ।

महासचिवमा सुमेरू अस्पतालका हेमराज दाहाल निर्विरोध निर्वाचित भए। उनी यसअघि पनि महासचिव थिए।

कोषाध्यक्षमा नेपाल क्यान्सर अस्पतालकी स्वरूपा श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन। उनी यसअघि पनि कोषाध्यक्ष थिईन् ।

सचिवमा विजयपुर हस्पिटल प्रालिका पंकज खतिवडा निर्वाचित भएका छन्।

सदस्यहरूमा सिद्धार्थनगर सिटी हस्पीटलका अर्जुन पौडेल, कैलाली हस्पिटलका जनकराज जोशी, ब्लुक्रस हस्पिटलकी सतिदेवी गौतम सिंह, इशान बाल तथा महिला अस्पतालका डा रामानन्दन प्रसाद चौधरी, ग्रिनसिटी हस्पिटलका रेनुका गुरुङ्ग, तुलसी बाल अस्पतालका डा किशोर खत्री, माया मेट्रो हस्पीटलका धिरेन्द्र, पर्वत कुश्मा हस्पीटलका सुशिल पौडेल निर्वाचित भएका छन्।

अफिनको नेतृत्व यसअघि लगातार दुई कार्यकाल नर्भिक अस्पतालका बसन्त चौधरीले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *