म्याद गुज्रिएर कर्णाली प्रदेशमा कोभिडविरुद्धको १० हजार डोज खोप खेर गयो

सुर्खेत, २७ साउन । कर्णाली प्रदेशमा कोभिडविरुद्धको १० हजार मात्रा खोप खेर गएको छ । खोपको लगाउनु पर्ने अवधि सकिएको र लगाउने समयमा खोप लगाउने नआएपछि खोप खेर गएको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले खोप लगाउन जति आव्हान गरे पनि लगाउने व्यक्ति नआएको दावी गरेको छ । प्रदेश स्वास्थ्य निर्देशक डा रबिन खड्काले खोप लगाउन नआएपछि १० हजार खोप नष्ट भएको बताए । सुरु सुरुमा खोप लगाउन भिड बढे पनि हिजो आज संक्रमण कम हुँदा खोप लगाउनेहरुमा पनि कमी आएको उनले बताए ।

कर्णालीमा कुल जनसंख्याको ५९ प्रतिशतले कोरोनाको पहिलो मात्रा र ५७ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् ।

निर्देशनालयका अनुसार १० लाख ७७ हजार ५२८ जनाले पहिलो मात्रा र १० लाख ४६ हजार ७४९ जनाले दोस्रो मात्रा लगाएका छन् ।

प्रदेशको करीव १७ लाख जनसंख्यालाई आधार मान्दा १८ बर्ष माथिका ७३ प्रतिशत र १२ बर्ष देखि १७ बर्ष सम्मका १४३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

यस्तै १८ बर्ष माथिका ७४ प्रतिशत र १२ देखि १७ बर्षसम्मका ९८ प्रतिशतले दोस्रो मात्रा खोप लगाएको निर्देशक डा खड्काले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *