चौबिस घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

108
Shares

काठमाडौँ, २६ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ५३४ नमुना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा थप ४७६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप ५ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १८३, ललितपुरमा ५९ र भक्तपुरमा ७ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ६७७ जना र संस्थागत आइसोलेसनमा १९२ जना रहेका छन् । त्यसैगरी आइसीयूमा ६० जना र भेन्टीलेटरमा ८ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *